कालीगण्डकी ए को विद्युत्त उत्पादन ठप्प

काठमाडौं, नेपालको सबैभन्दा ठूलो विद्युत उत्पादन परियोजना कालिगण्डकी–एको उत्पादन ठप्प भएको छ ।

एक सय ४४मेगावाट विद्युत्त उत्पादन गरिने यस आयोजनामाट्र्वाइन मर्मत गर्ने भन्दै विद्युत उत्पादन सात गतेदेखि बन्द गरिएको हो ।

ईनलेट भल्भको मर्मत तथा परिबर्तन गर्नुपर्ने भएकाले यस आयोजनाबाट उत्पादन भईरहेको विद्युत आपूर्ति समेत बन्द भएको हो । विद्युत उत्पादनको लागि पानी जम्मा गर्न बनाइएको ड्यामबाट टर्नेलमा जम्मा भएको बालुवा, ढुङ्गा गिटी लगायतको फोहोर सफा र ईनलेट भल्भको मर्मत गर्न बिहीबारसम्म प्रशारण लाईन समेत बन्द गरिएको tyf पहिलो चरणको मर्मतपछि २५ दिनसम्म दुई वटा टर्वाइन मात्र चलाउने र असोज ११ देखि कार्तिक ५ गतेसम्म २ वटा १ र ३ युनिटको टर्वाइन चल्ने छ ।

कार्तिकको ६ देखि १२ गतेसम्म सबै टर्वाइन बन्द रहने आयोजनाले जनाएको छ । यहाँ भएका ३ टर्वाइनको प्रति टर्वाइन ४८ मेगाबाट उत्पादन क्षमता रहेको छ । पानीको आवश्यकता बहाबको आपूर्ति रहँदा र २ वटा टर्वाइन चल्दा ९६ मेगावाटसम्म विद्युत्त उत्पादन हुने गर्दछ । विशेष परिस्थिति बाहेक यी टवाइनलाई १० देखि १५ वर्षको बीचमा सरसफाई गर्नुपर्ने परियोजनाले बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!