विप्लव समूहका प्रवक्ता प्रकाण्ड रिहा

काठमाडौं, बिभिन्न घटनामा मुद्दा चलाईंदै आएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकारण अन्ततः रिहा भएका छन् ।

यसअघि अदालतको आदेशमा पटक पटक रिहा भएपनि प्रहरीले उनलाई पक्राउ गर्दै देशका बिभिन्न भागमा पु¥याउने गरेको थियो ।

चन्दा आतंक, आगजनी, विस्फोटको घटनामा संलग्न भएको आरोपमा उृनी पक्राउ परेका थिए । उनको पक्राउविरुद्ध सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईपछि मंगलबार रिहाईको आदेश दिइएको थियो ।

आइतबार साँझ उनलाई काठमाडौं ल्याइएको हो । विश्वकर्माले छुटेपछि माइतीघर मण्डलामा कोणसभा समेत गरेका छन् । यसअघि उनलाई अदालतबाट छुट्ने वितिक्तै प्रहरीले पक्राउ गर्ने गरेको थियो ।

नेता विश्वकर्मा सात करोड चन्दा उठाएको भन्दै पहिलोपटक साउन तेस्रो साता पक्राउ परेका थिए । नेकपाका प्रवक्ता समेत रहेका विश्वकर्मासहित नेता उमा भुजेल लगायत पनि रिहा भएका छन् ।

File Photo

कमेन्ट गर्नुहोस्

error: Content is protected !!