जापानमा नेपालीलाई कृषि सम्बन्धि प्रशिक्षण

टोकियो,असोज ९।गैर आवासीय नेपाली संघ एन आर एनए जापानको बिशेष सहयोग मा “नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ।

जापानको टोकियो स्थित एक हलमा आयोजित कार्यक्रमलाई २ चरण्मा बिभाजन गरी प्रथम चरण्मा एन आर एनए कृषि प्रवर्द्धन कार्यकारी समितिका उपसम्योजक कपिल देव थापा ले एनआरएन कृषि प्रवर्द्ध समिती गठन गर्नु को उदेस्य ,संगठनात्मक संरचना र अहिले सम्म को प्रगती विवरण सहित भाबि योजना को बारेमा प्रस्तुती गरेका थिय।

यस्तै कार्यक्रममा टोकियो कृषि विश्वविद्यालय मा पोस्ट डक्टर रिसर्चर मा कार्यरत साथै एशिया प्रशांत क्षेत्रका संयोजक डा. एबिन कुँवर ले “नेपालको कृषिमा लगानी का सम्भावना” को बिषयमा आफ्नो धारणा राखेका थिए।यस्तै एशिया प्रशांत क्षेत्र जापानका सदस्य तथा टोकियो कृषि विश्वविद्यालय पीएचडी पहिलो बर्षका योगेन्द्र घर्ति मगर ले“नेपाल को कृषि मा प्रबिधी को प्रयोग आज को आवश्यकता”बिषयमा आफ्नो धारणा राख्दै प्राविधिको प्रयोगले कृषिमा भएको चमत्कारिक परिबर्तन बारे जानकारी गराएका थिए।

याे पनि पढ्नुस  मन्दिरको मुख्य पुजारीमा रोबोट नियुक्त

यस्तै एशिया प्रशांत क्षेत्र जापानका संयोजक तथा राज एग्रीकल्चर फार्म हाउस का संचालक राज सरद राज शर्मा लामिछाने ले“व्यवसायिक कृषि मार्फत कृषि पर्यटनको सम्भावना”बारे सबैलाई जानकारी गराएका थिए। छलफलमा एशिया प्रशांत क्षेत्र जापानका सदस्य तथा स्याङ्जा एग्रो एंड रिचर्च् सेन्टर का संचालक सुरेश रेग्मी ले“कृषि मा आधुनिकीकरण र एग्रो टुरिजम का साथ् रिचर्च् सेन्टर को आवश्यकता”बारे आफ्नो बिचार राखेका थिय।

त्यसै गरि जापान बाट कृषि र प्रबिधि नेपाल मा भित्राउन सफल व्यक्ति अशोक शाही”एभरेष्ट किनोको प्राइभेट लिमिटेड”का संचालक तथा एशिया प्रशांत क्षेत्र जापानका सदस्यले एभरेष्ट किनोको को बारेमा डकुमेन्ट्री र जापान बाट रेन्बो ट्राउट माछा नेपाल मा भित्राउन र विस्तार गर्न सफल बरिस्ठ बैज्ञानिक डा टेक बहादुर गुरुङ को बारेमा जापानी टेलिभिजन मा देखाइएको डकुमेन्ट्री समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

याे पनि पढ्नुस  मन्दिरको मुख्य पुजारीमा रोबोट नियुक्त

कार्यक्रमको दोस्रो चरण मा बिज्ञ र पसहभागीका बीच प्रश्नोत्तर सहित छलफल चलेको थियोे।
उक्त कार्यक्रम एनआरएन जापान का महासचिब
बुद्धिराज घिमिरे ले संचालन गरेका थिय भने कार्यक्रममा एन आर एनए कृषि प्रवर्द्ध कार्यकारी समिती का सल्लाहकार डा कविन्द्र पी कंडेल, एनआरएन जापान का अध्यक्ष टासी वाङदी लामा लगायत विभिन्न सस्थाको प्रतिनीधि र बिशेष व्यक्तित्वहरु, पत्रकार,कलाकार,बुद्दिजिबी,बिधार्थी,व्यवसायी,कानुन व्यवसायी हरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त प्रशिक्षण कार्यक्रमले एनआरएन जापान र आइसिसि कृषि प्रवर्द्ध समितीले जापानमा एक बृहत कृषि बिज्ञ भेला गर्ने र नेपाल को हावापानी र भौगोलिक अवस्था अनुसार जापानका उन्नत कृषि प्रणाली र बिउ बिजनको बारेमा अनुसन्धान गर्ने र जापान बाट नेपाल मा कृषि प्रबिधि भित्राऊनको लागि पहल गर्ने निर्णय गरेको छ।

याे पनि पढ्नुस  मन्दिरको मुख्य पुजारीमा रोबोट नियुक्त

कमेन्ट गर्नुहोस्

error: Content is protected !!