दशै तिहारको अवसरमा कतारमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना,तयारी तीब्र

सन्तोष क्षत्री

दोहा,असोज ९।नेपालीहरुको महानपर्व विजयादशमी तथा सुभ दिपावलीको पावन अवसरमा कतारमा राष्ट्रिय कलाकारको उपस्थितमा बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निर्माणधिन भवनको लागी आर्थिक सहयोगार्थ कतार शाखाल प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी, लोक तथा दोहोरी गायिका तुलसा जिसि क्षत्री र मोड्ल रोजि बस्नेत कतार आउने भएका हुन।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखाका प्रथम उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक शक्ति क्षत्रीले विजयादशमी तथा सुभ दिपावलीको सुभकामना आदानप्रदान सहित आयोजना गरिएको बिबिध सांस्कृतिक कार्यक्रमको तयारी तीब्र पारिएको बताए।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

संयोजक क्षत्रीले प्रतिष्ठानको भवन निर्माणमा आर्थिक सहयोग पुर्याउने पबित्र उदेश्यले कार्यक्रम आयोजना गरिएकोले कतारमा स्थापित संघ/संस्था, उद्योगी ब्यबसायी, समाजसेवी, पत्रकार लगाएत सम्पुर्णलाई सहभागीताको लागी आग्रह गरे।

आगामी अक्टोबर ५ तारिख शुक्रवारका दिन ड्ल्ला ड्राइभिङ एकेडेमी मिसाइमिरको सभाहलमा हुने कार्यक्रमा राष्ट्रिय कलाकार संगै स्थानीय कलाकारको पनि प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखाका अध्यक्ष कृष्ण बरालले बताए।

महिला दिदिबहिनिको लागी निशुल्क रहेको कार्यक्रमको प्रवेश शुल्क पुरुषको लागि ४० कतारी रियल तोकिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!