बाग्लुङ सेवा समाज कतारद्वारा आर्थिक सहयोग

सन्तोष क्षत्री

दोहा,असोज ९।बागलुङ सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ।
बागलुङको विभिन्न स्थानका विभिन्न रोगबाट पीडित चार जनालाई बागलुङ सेवा समाज कतारले आर्थिक सहयोग गरेको हो।
कतारमा रहेका बागलुङ बासिहरुको संस्था बागलुङ सेवा सामाजले विभिन्न रोगबाट पीडित भएका तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको हो ।
प्रतिव्यक्ति पन्ध्र हजार १५ रुपैयाका दरले ४ जनालाई आर्थिक सहयोग गरेको बागलुङ सेवा समाज कतारका अध्यक्ष सागर पौडेलले बताउनुभयो।

शरीर सुक्ने रोगबाट पीडित बनेका बागलुङको ताराखोला गाउँपालिका–५ का राजन गौतम ‘रामु’, शारिरीक रुपमा अपाङगता भएकी बागलुङको काठेखोला गाउँपालिका–७ रेशकी निशा जिसी, गाउँपालिका–५ विहुँ का शंकर दर्जी र बागलङ नगरपालिका–१३ दम्ककी गिता गौतमलाई सहयोग गरिएको समितीले बताएको छ।
आर्थिक अवस्था कमजोर भएकै कारणले उपचारमा समस्या भएको भन्दैं समाजमा निवेदन आएपछि सबैको स्वास्थ्यलाभको कामना गर्दै सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

कमेन्ट गर्नुहोस्

error: Content is protected !!