मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

उमेश बन्जाडे

दाङ, असोज ९ । अर्घाखाँचीमा भएको सडक दुर्घटनामा परि दाङका एक युवकको ज्यान गएको छ, भने अन्य तिनजना गम्भीर घाइते भएका छन् ।

प्रसिद्ध धार्मिक स्थल सुपा देउराली गएर फर्किने क्रममा रा ४ प ७८७४ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकलले अर्घाखाँचीको पथर कोट भन्ने स्थानमा ठक्कर दिँँदा दुर्घटना भएको हो । दुर्घटनामा दाङ देउखुरीको राप्ती गाउँपालिका पाँच करङ्गेकोटका २४ वर्षीय रेवन्त थापा मगरको ज्यान गएको छ, भने सोही ठाउँ निवासी २० वर्षिय झविन्द्र थापा मगर गम्भीर घाइते भएका छन् ।

घाइते थापाको तौलिहवामा उपचार भइरहेको स्थानीय बासी शान्तराज बुढामगरले जानकारी दिएका छन् ।

बिपरित दिसाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरिले जनाएको छ। ठक्कर दिने मोटरसाइकल प्रहरिले आफ्नो नियन्त्रणमा लिएको र त्यसमा सवार अन्य दुईजनाको अस्पतालमा उपचार भइ रहेको भएपनी नाम ठेगान नखुलेको स्थानीय शान्तराज बुढामगरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!