ठेक्काजति पप्पुलाई किन भन्दै सांसद झाँक्रीले पोखिन आक्रोश

काठमाडौँ, असोज ९ । सांसद रामकुमारी झाँक्रीले पप्पु कन्स्ट्रक्सनले पाएका ठेक्काको छानबीन गर्न माग गरेकी छिन् ।

व्यवस्थापिका–संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै नेतृ झाँक्रीले पप्पुलाई नै किन यति धेरै टेण्डर पर्छन् ? किन पारिन्छ ? भन्दै प्रश्न उठाएकी हुन् ।

सामाजिक सञ्जालमा पप्पुलाई लिएर चर्को आलोचना चुलिएको बेला झाँक्री र समितिका अन्य सांसदहरुले पप्पुमाथि छानबीनको माग गरे ।

‘यो कन्स्ट्रक्सनले ठेक्का लिएर समयमै पुल निर्माण नसकेका थुप्रै उदाहरण छन्,’ उनले भनिन्, ‘यति थाहा पाउँदापाउँदै फेरि राष्ट्र बैंकको भवन बनाउने टेण्डर उसले फेरी कसरी पार्‍यो।’

उनले खराबी कहाँ छ भन्दै यसको सही समाधान खोज्नु पर्ने माग गरिन्। खराबी सरकारको कार्यशैलीमा वा ऐन नियममा छ भने त्इसमा समेत सुधार गर्न उनले माग गरिने
त्यस्तै अर्का सांसद श्यामकुमार श्रेष्ठले सार्वजनिक खरिद ऐन अनुसार सस्तोमा ठेक्का दिने नाममा एउटै व्यक्तिले बारम्बार ठेक्का पाइरहनु गलत भएको भन्दै कानुन संशोधन गर्नु पर्ने माग राखेका छन्।

त्यस्तै सांसद कुमारी तुल्सी थापाले पप्पु कन्स्ट्रक्सनले नै बारम्बार ठेक्का पाउनु कारण केहो र राष्ट्र बैंकको ठेक्का कसरी पप्पुले पायो भन्दै यसबारे छलफल गर्नु पर्ने माग गरिन्। समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार जति विषयमा कुरा उठे चार महिनाको एक्सन प्लान बनाएर गर्ने भन्ने रहेको छ। उनले पप्पु कन्स्ट्रक्सनको समस्याबारे कुरा उठेकाले यसलाई छलफलको विषय बनाइने बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!