चाइनिज कम्पनीले ल्यायो नाडीमा लगाउने स्मार्टफोन

काठमाडौं, असोज ९ । चाइनिज कम्पनी नुबियाले नाडीमा लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको छ ।

केही दिन पहिले जर्मनीको बर्लिनमा सम्पन्न आईएफए–२०१८ मा नुबियाले पहिलो पटक नाडीमा घडीजस्तै लगाउन सकिने स्मार्टफोन प्रदर्शन गरेको थियो । उक्त स्मार्टफोनको नाम नुबिया अल्फा राखिएको छ । यसमा कभ्र्ड ओएलईडी टचस्क्रिन डिस्प्ले तथा फ्रन्ट क्यामेरा छ ।

क्यामेराका साथमा माइक्रोफोन तथा बटन सपोर्ट उपलब्ध छ ।

यसमा फ्लेक्जिबल डिस्प्ले टेक्नोलोजीको फ्लेक्स राखिएको छ । फोनको पछाडिको भागमा चार्जिङ पिन्स तथा हार्ट रेट सेन्सर प्रयोग गरिएको छ ।

उक्त वेयरेबल स्मार्टफोनमा मेटल स्ट्राप प्रयोग गरिएको छ । यद्यपि यसका अन्य विशेषताका वारेमा भने अरू कुनै जानकारी दिइएको छैन । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!