दास परिवारलाई प्रदेश सरकारले ३ लाख राहत दिन निर्णय

धनुषा, असोज ९ । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा गरेको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुिस्मता दासको उपचार र मृतकको राहतस्वरुप ‘बेटी बचाउ बेटी पढाउ’ योजनामार्फत उक्त रकम दिने घोषणा गरे हो ।

उनले तेजाब आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि यसअघि नै प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरिसकेको थियोे ।

मुख्यमन्त्री राउतले उपचाररत १५ वर्षीया सुिस्मता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत जनाएको हो ।

उनले तेजाब आक्रमणको छानबिन गरी दोषीमाथि कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोेरिन नदिन आवश्यक उपाय तथा कानूनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिएका छन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!