झाडीमा भेटे पसल हिँडेकी १० वर्षीया बालिकाको शव

पोखरा, असोज ९ । सोमबार साँझ घर नजिकैको पसलमा गएकी १० वर्षीया बालिका मृत फेला परेकी छन् । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा १० वर्षीया श्रेया सुनार मृत भेटिएकी हुन् ।

सोमबार साँझ साढे ६ बजेतिर घरबाट हराएकी बिस्कुट किन्न जाने भनेर निस्केपछि उनी बेपत्ता भएकी थिइन् । आफन्तले रातिसम्म खोजी गर्दा भेटाउन सकेको थिएन।

मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरबाट ५० मिटर टाढा झाडीमा शव भेटिएको हो । उनको निधारमा ढु‌ंगाले हानेर हत्या भएको अनुमान गरिएको छ। शवको छेउमा रगत लागेको ढु‌ंगा भेटिएको छ।

बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । बिरामी रहेकी आमा बेले बिक गत बुधबारमात्रै उपचार गराएर घर गएकी थिइन् ।बिकको घर पुम्दीभुम्दीमै घटनास्थलभन्दा आधा घण्टा टाढा पर्छ।

मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयले बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन्।

उनी लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी पवक्त डीएसपी रबीन्द्रमान गुरुङले बताए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!