३ किलो सुनसहित टोखाबाट २ जना पक्राउ

काठमाडौं,असोज ९ । काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरी परिसर, टेकुका अनुसार सोमबार साँझ टोखाबाट २ जनालाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट तस्करी गरिएको ३ किलो सुन भेटिएको हो।

पक्राउ पर्ने रसुवाका पेम्बा लामा र नरबहादुर घले रहेको प्रहरीले जनाएको छ।

अवैध सुनसहित पक्राउ गरिएका उनीहरुबारे अनुसन्धान भइरहेको छ। पक्राउ पर्ने दुवैलाई आजै सार्वजनिक गरिने पनि महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!