गधामाथि सवार ‘फिरंगी’ लुक्समा देखिँदै आमिर

मुम्बई । बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा अभिनेता आमिर खान ‘फिरंगी’ क्यारेक्टरमा प्रस्तुत भएका छन् ।

चलचित्रका लागि आमिरको ‘फिरंगी’ लुक्स (पोस्टर) सोमबार सार्वजनिक भएको हो ।

फिल्मको उक्त पोस्टर आमिरले इन्स्टाग्राम एकाउन्टमार्फत सार्वजनिक गरेका हुन्। उक्त पोस्टरका साथ उनले मोसन ग्राफिक्स भिडियो पनि सार्वजनिक गरेका छन् । ठग्स अफ हिन्दुस्तान’का लागि आमिरको यो पहिलो पोस्टर हो।

पोस्टरमा आमिर नौलो पोसाकमा देखिएका छन् । आमिर घोडामा नभएर गधामा सवार देखिन्छन्।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!