केरुङबाट ३ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडौं भित्रिएको ३ किलो सुनसहित दुई जना भरियालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले टोखामा दुई युवाका साथबाट १२ थान सुनका टुक्रा बरामद गरेको हो । पक्राउ परेका आरोपीले बेल्टमा बल्स बटम बनाएर सुनका टुक्रा लुकाएका थिए ।

परिसर प्रमुख बसन्तकुमार लामाले केरुङ नाकाबाट मोटरसाइकलमा आएका उनीहरुलाई सूचनाका आधारमा पक्राउ गरिएको बताए ।

यस सम्बन्धमा प्रहरीले केही समयमा पत्रकार सम्मेलन आयोजना गरि बिस्तृत जानकारी दिने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!