निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमितलाई पक्राउ पुर्जी

काठमाडौं, असोज ९ । निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पूर्जी जारी गरेको छ।

गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा गत भदौ ८ गते डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । पीडितहरुको पप्पुका अध्यक्ष रौनियारविरुद्ध किटानी जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो । ‘पटकपटक बोलाउँदा पनि कोही सम्पर्कमा आएनन्,’ एसपी केदार ढकालले भने, ‘त्यही भएर पक्राउ पूर्जी जारी गरिएको हो।’

अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!