फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि………

काठमाडौं, असोज ९ । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोग परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् ।

 

नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् । आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् ।

 

उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ । साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे ।  त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे । बुहारी आश्चार्यमा परिन् ।  अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए ।

 

पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् । काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् । महाशाखाले उनलाई फोन गर्यो ।  उनी भुपु डिएसपी भएको पत्ता लाग्यो ।

 

नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो ।  गत शुक्रबार उनलार्य महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!