सन्दिप टी टेन क्रिकेटमा पनि अनुबन्ध, क्रीश गेल भएको टिमबाट खेल्ने

असोज ९ ।  नेपाली लेक स्पिनर सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने मौका पाएका छन् । उले डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने मौका पाएका हुन् । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।

 

सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् ।

 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको यस प्रतियोगिताको दोस्रो संकरण हो । पहिलो पटक ४ दिनमा सकिएको टी टेन क्रिकेट दोस्रो संस्करण सकिन १० दिन लाग्ने छ ।

 

 

गएको वर्ष भएको प्रतियोगितामा केरला किंग्सले उपाधि जितेको थियो भने त्यतिबेला जम्मा ६ टिमले सहभागिता जनाएका थिए । राउण्ड रोविन लिग प्रणाली र प्लेअफ गरी १३ खेलबाट उपाधिको छिनोफानो हुने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!