फिफाको उत्कृष्ट टिममा को-को पर्न सफल ? नेइमार भने अटाएनन् !

असोज ९ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष विभिन्न विधामा अवार्ड प्रदान गर्ने गर्छ । वर्ष २०१८ को अवार्ड समारोह सोमबार राति लण्डनमा भयो ।

 

यो वर्ष रोनाल्डो र मेस्सीको छाया तोड्दै व्यक्तिगत अवार्डमा लुका मोड्रिक अघि आए, उनी वर्षको उत्कृष्ट पुरुष फुटबलर बने । फिफाले यहि अवार्ड समारोहमा उत्कृष्ट टिमको पनि घोषणा गर्छ, जुन टिममा विभिन्न देश र क्लबका खेलाडी रहन्छ । यो टिमको नाम फिफा प्रो वर्ल्ड इलाभेन हो । यसमा यो वर्ष विश्वका दुई उत्कृष्ट फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोन मेस्सी परेका छन् तर विश्वका महंगा फुटबलर नेइमार भने अटाएनन् ।

यो टिममा विश्वकप विजेता फ्रान्सका युवा स्टार केलियन एमबाप्पे रहेका छन् । फिफाको टिममा सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड पाएका थिबाउट कोउर्तोइस तथा वर्ष फुटबलरको अवार्डमा अन्तिम तीनमा रहेका मोहम्मद सालह पनि रहेका छैनन् ।

 

टिममा रोनाल्डो, मेस्सी, एमबाप्पे, इडन हजार्ड, लुका मोड्रिक, एन’गोलो कान्टे, मार्सेलो, डानी एल्भेस, राफायल भाराने, सर्जियो रामोस र डेविड डी हेया रहेका छन् । अवार्ड समारोहमा फिफा प्रोमा परेका सबै खेलाडी थिए, रोनाल्डो र मेस्सी बाहेक । देशसञ्चारबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!