चलचित्र ‘लव स्टेशन’ को शुभ मुहुर्त सम्पन्न, भोलि सुटिङका दार्जिलिङ प्रस्थान गर्दै

काठमाडौं, असोज ८ । कलाकार प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेशन’को शुभ मुहुर्त गरिएको छ ।

सिनेमाको सोमबार बिहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो ।

सिनेमाको छायांकन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट हुनेछ । यसको लागि सिनेमाको सुटिङ युनिट भोलि मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् भने नायक नायिका पर्सिमात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन् ।

उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लव स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुनेछ । ५० दिनको छायंकन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।

यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने पनि प्रदीपले बताए । लिलिविलीमा प्रदीप खड्का र जसिता गुरुङसँगको जोडीलाई अत्याधिक रुचाएका थिए । आफ्नो जोडि र सिनेमाको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए ।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ ।

दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!