उपराष्ट्रपतिको चीन भ्रमण सफल रहेको जानकारी

काठमाडौँ, असोज ८ । उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण सफल रहेको बताइएको छ । उपराष्ट्रपतिको नीजि सचिवालयद्वारा उपराष्ट्रपतिले चीनको औपचारिक भ्रमण गरी स्वदेश फर्किसकेको सम्बन्धी जारी प्रेस नोटमा उक्त कुरा जनाइएको छ ।

उपराष्ट्रपति छ दिनको चीनको औपचारिक भ्रमण सिध्याएर सोमवार स्वदेश फर्केका हुन् । चीनमा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउनुका साथै द्विपक्षीय उच्चस्तरीय भेटघाट र विभिन्न ऐतिहासिक, सांस्कृतिक र व्यापारिक महत्वका स्थानहरूको अवलोकन गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रेस नोटमा उपराष्ट्रपतिको उक्त भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत पुऱ्याएको बताइएको छ । उपराष्ट्रपतिले भ्रमणका क्रममा चिनियाँ सरकारका उच्चस्तरीय पदाधिकारीहरू तथा सम्बन्धित पक्षहरू र अन्तर्र्राष्ट्रिय समुदाय समक्ष नेपालका आवश्यकताहरूलाई स्पष्ट रूपमा राखेको बताइएको छ ।

भ्रमणका क्रममा भएका छलफलमा चिनियाँ पक्ष जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, पूर्वाधार निर्माण, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण एवं यूवा विकास लगायतका क्षेत्रहरूमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोग र सहकार्यलाई अझै फराकिलो बनाउन सकारात्मक रहेको नोटमा उल्लेख छ ।

भ्रमणका क्रममा उपराष्ट्रपतिसँग छेन्दुमा चीनका उपप्रधानमन्त्री हु चुङह्वाले शिष्टाचार भेट गरेको उक्त नेपाल र चीनबीचको मैत्रीपूर्ण निकट सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको प्रेस नोटमा उल्लेख छ ।

भेटमा उपराष्ट्रपतिले नेपालको एक चीन नीतिप्रतिको अविचलित प्रतिबद्धता व्यक्त गर्दै हालैका वर्षहरुमा भएका द्विपक्षीय उच्चस्तरीय भ्रमण तथा सिमावारपार रेल्वे विकास, यातायात तथा पारवहन, बिआरआई जस्ता महत्वपूर्ण समझदारी र सम्झौताबाट दुई मुलुकबीचको ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलमा आधारित सम्बन्ध थप सुदृढ भएको धारणा  राखेका थिए ।

उपराष्ट्रपतिले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनु र भइरहेका सन्धि सम्झौताको कार्यान्वयनलाई तीब्रता दिनु र ‘समृद्ध नेपाल र सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्न नै नेपालको प्राथमिकता रहेको बताउँदै नेपालको व्यापार घाटा कम गराउनका लागि नेपालको उत्पादन क्षमता विस्तार गर्न, तातोपानी, कोदारी, हिल्सा र ओलाङ्चुङ्ग नाका खोल्न, सडक निर्माण र नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन आग्रह गरेका थिए ।

उपराष्ट्रपतिले सेप्टेम्बर २० तारिखमा १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली व्यवसायीहरुको स्टलहरुको अवलोकन गर्नुका साथै सोही दिन छेन्दुमा ‘ओपनिङ एंड सेयरिङ, मेकिङ प्रोगेस टुगेदर’ विषयमा आयोजित ‘द बेल्ट एण्ड रोड को-अपरेसन डेभलपमेन्ट कन्फरेन्स अन बिजनेस कम्युनिटी अफ सेयर्ड फ्युचर’ विषयक सम्मेलनलाई सम्बोधन गरेका थिए ।

उपराष्ट्रपतिले मेलाको उद्घाटन सत्र र सम्मेलनमा नेपालमा प्रचूर सम्भावना भएका माथि उल्लिखित क्षेत्रहरूमा चिनियाँ लगानीको लागि अनुरोध गरेका थिए । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा उपराष्ट्रपति पुनले चिनियाँ पर्यटकको संख्या वृद्धि गरी नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुऱ्याउन चिनियाँ पर्यटन व्यवसायी एवं उद्यमीहरुलाई अनुरोध गरे ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जाल (ट्रान्स-हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क)को बृहत्तर फ्रेमवर्क भित्र रही सहयोग अभिवृद्धि गर्न दुबै देश प्रतिवद्ध रहेकाले चिनियाँ सहयोगको लागि उपराष्ट्रपतिले जोड दिए ।

उपराष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्त सचिव पेङ छिङह्वाले शिष्टाचार भेट गरेका थिए । भेटमा उपराष्ट्रपतिले नेपालसँग भौगोलिक, सांस्कृतिक रूपले निकट तथा सीधा हवाई सम्पर्कले जोडिएको पश्चिमी चीनको आर्थिक तथा यातायात केन्द्रको रूपमा विकसित भइरहेको सिचुवान प्रान्तको विकास, आधुनिक प्रविधिको प्रयोग र कनेक्टिभिटीका योजनाहरूबाट दुवै मुलुक लाभान्वित हुन सक्नेमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी मैत्रीपूर्ण वातावरण भएकोले चिनियाँ लगानी वृद्धि र प्रविधि हस्तान्तरणका लागि अनुरोध गरे ।

भ्रमणका क्रममा उपराष्ट्रपतिसँग यीविन नगरका पार्टी तथा सरकारी पदाधिकारीहरूको पनि भेटघाट गरेक थिए । उपराष्ट्रपतिले हालैमात्र पोखरा र यीविनबीच स्थापना भएको भगिनी सम्बन्धले दुई शहरबीच पारस्परिक सहयोग वृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए । भ्रमणको क्रममा उपराष्ट्रपतिले सिचुवान युनिभर्सिटी अफ साइन्स एण्ड इन्जिनियरिङ्ग, लीच्वाङ्ग आर्थिक क्षेत्र, यीविन बन्दरगाह, लिछ्वाङ्ग प्राचिन शहरमा स्थीत मेडिसिन स्कुल अफ तोङ्गजी यूनिभर्सिटी, सिचुवान बाँस समुद्र क्षेत्र लगायतका ऐतिहासिक, सामुदायिक तथा औद्योगिक स्थलहरूको अवलोकन गरेका थिए ।

सम्माननीयज्यूले लुम्बिनीसँग भगिनी सम्बन्ध रहेको विश्वप्रसिद्ध प्राचीन सम्पदायुक्त लसान शहरको भ्रमण तथा त्यहाँका पार्टी तथा सरकारी पदाधिकारीहरूसँग छलफल गर्नुभयो । साथै, सन् २००८ मा सिचुवान प्रान्तमा गएको महाभूकम्पपछि पुनर्निर्मित जीउलङ्ग सामुदायिक आवास तथा तुजिङ्गयाङ्गयान संग्राहलयको पनि अवलोकन गर्नुभयो ।

सम्माननीय उपराष्ट्रपतिज्यूको नेतृत्वको प्रतिनिधि मण्डलमा उपराष्ट्रपति कार्यालयका विज्ञ, सचिव, चीनका लागि नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सहभागिता हुनुहुन्थ्यो ।

चीन भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यताको लागि सम्माननीय उपराष्ट्रपतिज्यूले जनवादी गणतन्त्र

कमेन्ट गर्नुहोस्

error: Content is protected !!