अश्लील भिडियोसम्बन्धी सबै साइट बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, असोज ड । नेपाल सरकारले सामाजिक विकृति र त्यसबाट निम्तिन सक्ने जोखिम न्यूनीकरणका लागि भनेर अश्लील भिडियो सम्बन्धी सबै साइट बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय बढेको साइबर अपराध सम्बन्धी घटनामा अधिकांश सामाजिक सञ्जाल र अश्लिलता मुख्य कारण देखिएका छन । तर, अश्लिल साइटलगायत साइबर अपराध नियन्त्रणमा इन्टरनेट सेवा प्रदायकहरु नै चुनौतिका रुपमा देखिएका छन्।

नेपालमा हाल १५ वटा नेटवर्क सेवा प्रदायक कम्पनीहरु छन ।

तिनबाट सेवा लिएर उपभोक्तासम्म पुर्याउन ९६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनिहरु संचालनमा छन । सरकारको निर्णयअनुसार तिनै इन्टरनेट सेवा प्रदायकले अश्लिल साइट र भिडियो नियन्त्रण गर्ने प्रविधि राख्नुपर्ने छ । कानूनले पनि यौनजन्य समाग्री प्रकाशन र प्रसारणमा लगाएको छ । तर, नेटवर्क र इन्टरनेट सेवा प्रदायक कम्पनिमाथि निगरानी नहुँदा अश्लील भिडियोमात्रै होइन, साइबर अपराधसमेत बढिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको तथ्यांक अनुसार एक वर्षमा साइबर अपराध सम्बन्धि १ हजार ४ सय उजुरी परे । त्यसमा अधिकांश सामाजिक सञ्जालबाट पिडित भएकाहरु छन भने केही अश्लिल भिडियो राखिदिएका कारण पनि प्रहरी सम्म पुगेको पाइएको छ । साइबर अपराध अनुसन्धानका लागि सीआइबीमा टोली नै छ । नचिएका नम्बरबाट आउने फोनका धम्कि, विभिन्न सामाजिक सञ्जालबाट हुने अपराधका मुख्य कारक इन्टरनेट कम्पनि माथि राज्य संयत्रको निगरानी नै छैन ।

त्यसमाथि इन्टरनेट सेवा प्रदायकहरुले अपराध अनुसन्धानका क्रममा आवश्यक विवरणसमेत सजिलै उपलब्ध गराउँदैनन् ।

सरकारले भने नेपाल प्रहरीमा साइबर अपराध सम्बन्धि अनुसन्धानका लागि साइबर ब्युरो नै स्थापना गर्ने निर्णय गरिसकेको छ । तर ब्युरो स्थापनाले मात्रै अपराध नियन्त्रण हुन सक्तैन, आवश्यक प्रविधिको पनि व्यवस्था गर्न जरुरी छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!