भाेलिदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं, असोज ८ । भोलिदेखि यातायात व्यवस्था विभागले दशैंमा घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

यसअघि असोज ५ गतेदेखि अग्रिम टिकट खुला गरिने भनिएको पनि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायीहरुले अग्रिम टिकट गर्न मानेका थिएनन् ।

यसअघि कम्पनीका दर्ता भएका केही बस व्यवसायीहरुले फाट्टफुट्ट बुकिङ थालेपनि समिति अन्तर्गत रहेका व्यवसायीहरुले नेपाल यातायात व्यवसायी महासंघले निर्णय नगरेको भन्दै बुकिङ थालेका थिएनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!