व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताएकी छिन् । श्री किरण अम्मरजंग गुरूङ्ग मावि रानिपोखरीको स्वर्णस्तम्भको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन्उ  ।

समय अनुसार राष्ट्रको आवश्यकता पूरा गर्न वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रणालीको विकास गर्दै यसलाई अभियानको रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी दाहालले सामुदायिक विद्यालयहरूले विद्यार्थी, अभिभावकहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छ भन्ने विश्वास दिलाउन आवश्यक भएको बताइन् । उहाँले अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारीहरूपनि प्रतिस्पर्र्धी हुनुपर्नेमा जोड दिइन् ।

याे पनि पढ्नुस  भरतपुरमा पक्राउ परेका प्रदर्शनकारीलाई धमाधम मुद्धा दर्ता गर्दै प्रहरी

उहाँले संघीय गणतन्त्र घोसणासँगै विद्यालय शिक्षा स्थानीय निकाय मातहत आएको भन्दै महानगरपालिका भित्रका शिक्षण संस्थाहरूमा नियमन र अनुगन गर्दै अगाडि बढाउने बताइन् । सामुदायिक विद्यालयहरूको स्तर उन्नति र गुणस्तर कायम गर्नु प्रमुख आवश्यकता रहेको बताउँदै उहाँले महानगरपालिकाले यस सम्बन्धी काम अगाडि बढाइरहेको बताइन् । श्री किरण माविको स्वर्ण स्तम्भ निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको थियो । आउँदा दिनहरूमा पनि महानगरपालिकाले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता दाहालले व्यक्त गरिन् ।

 

प्रमुख दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको पक्षमा अगाडि बढिरहेको भन्दै ठूला पूर्वाधारहरू रिङ्गरोड, लिङ्करोड, सिटीहल, रानीपोखरी पार्क निर्माणको काम पनि अगाडि बढिरहेको बताइन् । सिटीहल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको र यसले भरतपुर महानगरपालिकालाई विकासको नमुना बनाउने आफ्नो एकमात्र उद्देश्य रहेको बताउँदै स्थानीय जनताको आवश्यकताको आधारमा विकासका कार्यक्रमहरू अगाडि बढाउने बताइन् । सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, र पर्यटन क्षेत्रको समुचित विकास एवं सुशासनको क्षेत्रमा भरतपुर महानगर अगाडि बढिरहेको प्रमुख दाहालको भनाइ थियो ।

याे पनि पढ्नुस  रविसँग ३ घण्टा बयान लिइयो, रेकर्ड गरिएको भिडियो नहेरेको दावी, आज फेरी बयान हुने

कार्यक्रममा भरतपुर महानगर वडा नम्वर १९ का अध्यक्ष कर्णबहादुर गुरुङ्गले विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट विद्यालयलाई सधैँ साथ र सहयोग रहने बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!