सोमबार बजारमा सुनचाँदी कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं, असोज ८ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावतै रहेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला ७२० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!