एसिया कपः बंगलादेशसँग अफगानिस्तान ३ रनले हार्‍यो !

काठमाडौं, असोज ८ । यूएइमा भइरहेको एसिया कप क्रिकेटको दोस्रो सुपर फोरमा बंगलादेश विजयी भएको छ । दोस्रो सुपर फोरमा बंगलादेशले अफगानिस्तानलाई ३ रनले पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवितै राखेको हो ।

मंगलबारको खेलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । यो खेलमा विजयी हुने टिमले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ । २५० रनको लक्ष्य पछ्याएको अफगानिस्तान ७ विकेट गुमाउँदै २४६ रनमा रोकिएपछि बंगलादेशको फाइनल पुग्ने सम्भावना जिवितै रहेको हो ।

यो पनि पढ्नुहोस्-

पाकिस्तानमाथि भारतको ऐतिहासिक जित, रोहित र शिखरको शतक !

सुरुमा दबाबमा आएको बंगलादेशका लागि इमरुल किएस र मोहमदुल्लाहले १२८ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए । इमुरुल ७२ रनमा नट आउट रहँदा मोहमदुल्लाहले ७४ रन बनाएका थिए । २५० रनको लक्ष्य पाएको अफगानिस्तानले मध्य क्रममा राम्रो प्रदर्शन गरेपछि लक्ष्य भने भेटाउन सकेन ।

 

अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ७१ रन बनाउँदा मोहमद साहेजादले ५३ रनको योगदान दिएका थिए । बंगलादेशका मर्सरफे मोर्तजा र मुस्फिकुर रहेमानले दुई-दुई विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!