रातो कार्डपछि रोनाल्डोको पहिलो गोल, युभेन्टस शीर्ष स्थानमा

एजेन्सी, असोज ८ । इटालियन क्लब युभेन्नटसले सिरी ए फुटबलमा विजयी यात्रा कायम राखेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको युभेन्नटसले लिग अन्तर्गत आइतबार राति भएको खेलमा फ्रोसिनोनेलाई २-० ले हरायो।

 

युभेन्सटको जितमा रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले गोल गरे । ८१ औँ मिनेटसम्म गोल रहित बराबराबरी भएको खेलमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयको चौथो मिनेटमा बर्नार्डेस्कीले गोल गरेपछि युभेन्टस २-० ले विजयी भयो ।

 

रोनाल्डोले च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्टसबाट डेब्यु खेलमा पाएको रातो कार्डको पीडालाई बिर्साउँदै गोल गर्न ८१ मिनेटसम्म पर्खनु परेको हो । उनले गएको बुधबार च्याम्पियन्स लिग अन्तर्गत भ्यालेन्सियासँगको खेलमा रातो कार्ड पाएका थिए । लगातार पाँच खेल जितेको युभेन्टसको १५ अंक भएको छ र दोस्रो स्थानको नापोली भन्दा तीन अंकले अघि रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!