निर्मलापछि प्रदेश ७ मै २८ महिला बलात्कृत !

काठमाडौं, असोज ८ । कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ।

 

असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन। योसमेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते भेटिएको थियो।

 

प्रदेश ७ का प्रहरी प्रमुुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार अधिंकाश बलात्कार घटनाका आरोपित प्रहरी नियन्त्रणमा आएका छन्। निर्मलाका हत्यारा पहिचान र पक्राउ गर्न भने प्रहरी असफल भएको छ। निर्मला बलात्कार र हत्या विषयमा ‘अनुसन्धान भइरहेको छ’ भने रेडिमेड जबाफबाहेक प्रहरीसँग अर्को उत्तर छैन। नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!