घटस्थापनाको तीन दिन अघिदेखि मात्र नयाँ नोट साट्न पाइने

काठमाडौं, असोज ७ । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले वितरण गर्ने नयाँ नोट घस्थापनाको तीन दिन अघिदेखि सटहीको लागि खुल्ला गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले २१ असोजदेखि नयाँ नोट सटही गर्ने जनाएको छ ।

२४ गते घटस्थापना परेको र घटस्थापनाको तीन दिन अगाडिबाट नयाँ नोट वितरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नयाँ नोटअन्तर्गत ५ प्रकारका नोटमात्र सटही गर्न पाइने व्यवस्था गर्नुका सार्ग एक व्यक्ति बराबर २७ हजार रुपैयाँमात्रै सटही गर्न पाइने नियम बनाउनेबारे नेपाल राष्ट्र बैंकमा छलफल भइरहेको एक अधिकारीले बताए।

उनका अनुसार अहिले नै निर्याय नभएको तर यही विषयमा छलफल भइरहेको छ। नेपाल राष्ट्र बैंले ५, १०, २०, ५० र १०० नोट सटहीको लागि उपलब्ध गराउने छ।

निजी बैंक वित्तीय संस्थाबाट पनि उक्त नोट वितरण गराउने राष्ट्र बैंकको योजना छ।

नेपा राष्ट्र बैंकले आफ्नो सबै शाखा कार्यलयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ । यो वर्ष नयाँ नोट पाइन भनेर फर्कने स्थितिको सिर्जना नगराउन पनि राष्ट्र बैकले छलफल गरेको छ। त्यसको लागि निजी एक बैंक बराबर ११ करोडसम्म नयाँ नोट दिनेछ।

गतवर्षको हाराहारीमा यो वर्ष पनि ४० अर्ब बराबर नेपाली रुपैयाँ साटिने राष्ट्र बैंकको योजना छ। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!