माओवादीद्वारा दुई सांसदको हत्या

नयाँ दिल्ली, असोज ७ । दक्षिण पूर्वी भारतीय राज्य आन्ध्र प्रदेशको विशाखापटनम जिल्लामा एक जना प्रदेश सभा सांसद र एक पूर्व सांसदको हत्या भएको छ ।

जिल्लाको अराकु विधानसभा क्षेत्रका विधायक किदारी सर्वेश्वर राव तथा पूर्व विधायक एस सोमालाई माओवादीहरूले गोली हानी मारिदिएका हुन् । उक्त घटना विशाखापटनम जिल्ला सदरमुकामबाट एक सय २५ किलोमिटर टाढा उडिसा प्रान्तको सीमा नजिक रहेको छ ।

तेलगुदेशम पार्टीका सांसद राव आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो पार्टीका नेता र पूर्व सांसदसँग मिलेर एउटा कार्यक्रम गर्दै थिए । तेलगुदेशम पार्टीले यस घटनाको निन्दा गरेको छ । राज्यका मुख्यमन्त्री चन्द्रबाबु नायडूले पनि उक्त घटनाको निन्दा गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । नायडू हाल अमेरिका भ्रमणमा रहेका छन् ।

विशाखापटनमका प्रहरी प्रमुखले उक्त घटनामा करिब २० माओवादी आएको र उनीहरूले सांसदका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ)को हातबाट बन्दुक खोसेर दुबैलाई मारिदिएको बताएका छन् । आक्रमणको कारणबारे थाहा हुन सकेको छैन ।

राव वाईएसआर कांग्रेस पार्टीका तर्फबाट सांसद थिए । उनले २०१४ मा अराकु विधानसभा क्षेत्रबाट सुचिकृत जनजातिको कोटाबाट टिकट पाएका थिए । उनका निकटम प्रतिद्वन्दी रहेका सोमा पनि उक्त आक्रमणमा मारिएका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!