असोज १२ देखि बैंकलाई नयाँ नोट दिइने

काठमाडौं । दशैमा टिका लगाउँदा नयाँ नोट दिने चलन रहेको सन्दर्भमा राष्ट्र बैंकले १२ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

नयाँ नोट बिभिन्न बैंकहरुमार्फत पाउन सकिने छ ।

राष्ट्र बैंकले बैंकहरुलाई नोट उपलब्ध गराउने बताएको छ ।

सो सँगै १३ गतेदेखि आवश्यकता अनुसार बैंकबाट नयाँ नोट लिन सकिने छ ।

राष्टबैंकले समेत सर्वसाधारणलाई नयाँ नोट बाँडदै आएको छ । बैंकहरुलाई नोट दिएपछि सर्वसाधारणलाई कहिलेदेखि बाँडने भन्ने विषयमा राष्ट्र बैंकले मिति सार्वजनिक गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!