दशैंको मुखमा सरकारको उपहार– सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्यो

काठमाडौँ, यातायात व्यवसायीहरुसँग झुकेर सम्झौता गरेपछि दशैंको मुखमा आम जनताले सास्ती बेहोर्नु परेको छ । सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेपछि यसबाट लाखौं नेपाली प्रभावित हुने भएका हुन । यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको थियो ।

यो सहमतिबाट सुदूरपूर्व र सुदूर पश्चिमका जनतालाई सबैभन्दा ठूलो मार पर्ने भएको छ । काठमाडौंदेखि सुदूरपश्चिमको बैतडी जिल्लाको अहिले पनि भाडाा २२ सय रहेको छ । नयाँ सहमति अनुसार उनीहरुले करिब २५ सय रुपैयाँ तिनुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ।

सरकारले सिफारिस गरेको भाडा आइतबारदेखि नै लागू हुनेछ। यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!