भारत र चीनले समेत चितवनलाई विशेष तरिकाले हेरेका छन्- प्रचण्ड

भरतपुर, असोज ७ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष प्रचण्डले चितवन जिल्लाको विकास निर्माण देशकै लागि नमुना हुनुपर्नेमा जोड दिएका छन् । चितवनको भरतपुर नगरपालिकामा तरकारी तथा फलफुल थोक बजारको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले चितवन देशकै केन्द्रमा पर्ने भएकाले भारत तथा चीनले समेत यसप्रति विशेष चासो दिइरहेको बताएका छन् ।

उक्त तरकारी तथा फलफुल थोक बजारले किसानलाई आफ्नो उत्पादनका निम्ति बजार खोज्न सजिलो पार्ने र यसले कृषिको आधुनिकीकरणमा मुख्य भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउंदै अध्यक्ष प्रचण्डले भने, “राम्रो र व्यवस्थित बजार छ भने किसान ठगिने सम्भावना कम हुन्छ ।”

याे पनि पढ्नुस  सत्तामा पुगेपछि कम्युनिष्टहरु राजा महाराजा बने– प्रचण्ड (कम्युनिष्ट आन्दोलनको चिरफारबारे विशेष सामग्री)

सरकारले कृषिमा आधुनिकीकरण गर्न विभिन्न जोनहरू निर्माण गर्न्बे कार्यक्रम अगाडि बढाइरहेको बताउँदै प्रचण्डले अबको लक्ष आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रहनुपर्नेमा जोड दिए ।

चितवनमा थुप्रै विकासका सम्भावनाहरू रहेको र सरकार त्यसप्रति गम्भीर रहेको प्रचण्डको भनाइ थियो । हाल चितवनमा राष्ट्रिय स्तरको सिटिहल, अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला जस्ता ठुला परियोजनाहरूको निर्माण हुन सके यो जिल्ला देशमै विकास-निर्माणको क्षेत्रमा अग्रणी जिल्ला बन्न सक्नेमा प्रचण्डको जोड रहेको थियो ।

अध्यक्ष प्रचण्डले हाल जिल्लामा माडी र पश्चिम चितवन जोड्ने आकाशे पुल निर्माण गर्नेबारे पनि अध्ययन सुरु भइसकेको र यसबारे काम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

याे पनि पढ्नुस  चितवनमा एक व्यक्तिले गरे घाँटी रेटेर आत्महत्या

चितवन जिल्लामा जलमार्गको समेत प्रचूर सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भैंसालोटन देखि देवघाटसम्मको क्षेत्रलाई जलमार्गको र ऊप्मा विकास गर्न सकिने र यससम्बन्धी पनि काम अगाडि बढिरहेको बताए ।

त्यस्तै राप्ती र नारायणीमा रिङरोड, र विभिन्न ठाउँमा लिंक-रोड समेत निर्माणका लागि पहल भइरहेको बताउँदै प्रचण्डले धार्मिक पर्यटनका लागि समेत चितवन जिल्ला महत्वपूर्ण रहेको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!