मलेसियामा अवैधानिकरुपमा बस्दै अाएका ४७ नेपाली कामदार पक्राउ

एजेन्सी । मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदार पक्राउ परेका छन् ।

अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि सदुपयोग नगरेका कारण ४७ नेपाली पक्राउ परेका हुन् । उनीहरुलाई आप्रवासी पक्राउको अभियान अन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको छ ।

साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेशियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका नागरिक छन्। बाँकी अन्य देशका नागरिक हुन् ।

पक्राउ परेका कतिपयसँग भिसा भएपनि एउटा कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!