बच्चाहरूले मोर्टार खेलाउँदै गर्दा विष्फोट, ८ को मृत्यु

काबुल, असोज ७ । अफगानिस्तान के मजार-ए-शरीफ सहरमा शनिवार बच्चाहरूले मोर्टारसँग खेल्दैगर्दा भएको विष्फोटमा ८ बालबालिकाको मृत्यु भएको छ । मारिएकामध्ये ४ जना भाइबहिनी रहेको बुझिएको छ ।

हताहत हुने चार बच्चाहरूका काका शुक्रुल्लाहका अनुसार बच्चाहरूले कतै नपड्किएको मोर्टार भेट्टाएका थिए । बच्चाहरूले त्यो घरमा ल्याएर आँगनमा खेल्दैथिए । तीमध्ये एउटा बच्चाले जिज्ञासावश त्यसलाई खोल्न खोज्दा विष्फोट भएको थियो ।

शुक्रुल्लाहका अनुसार कसैले पनि उक्त वस्तु के हो भन्ने थाहा पाएका थिएनन् । तिनका एकजना नातेदारका मोहम्मद आलमले घर छेवै विष्फोटको आवाज सुनेर आफू दौडेर त्यता आउँदा बालबालिकाहरू रगतले लत्पतिएको अवस्थामा भेटिएका बताए ।

घटनास्थलमा उपस्थित एक अधिकारीका अनुसार उक्त घटनामा तालेबानको हात रहेको छ । अधिकारीहरूले शुक्रबार मात्रै चरमपन्थीहरूले फरयाब प्रान्तमा बारुदी सुरुंग समेत राखेर धराप थापेको र त्यसमा परेर छ बालबालिका घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!