‘इगो’ ले ओइलाएका एमबी र वैद्य

'कुनामा बसेर आलोचना गर्नुभन्दा केन्द्रमा बसेर निर्देशन गर्नु जरुरी'

नेपालको कम्युनिष्ट आन्दोलनमा दुईवटा व्यक्ति छन् । सबैले उनीहरुलाई मन पराउने तर, उनीहरुले कमैलाई मन पराउने ।
संयोगले दुबैको राशी र नाम समेत एउटै छ । अर्थात् मोहन बिक्रम र मोहन वैद्य ।

मोहन वैद्य र मोहनबिक्रम युवावयमा निकै जोशिला व्यक्ति, माओ र चाओको प्रतिरुपमा पाउँथे आफूलाई । माओ अर्थात् माओत्सेतुङ र चाओ भनेका चाउ एन लाई, चिनियाँ कम्युनिष्ट पार्टीका दुई शीर्ष व्यक्तित्व ।

एउटा असल पक्ष के थियो भने विश्वभरि नै संशोधनवाद हावी भइरहेको बेला यी दुबै नेताहरुकै प्रयासस्वरुप नेपालमा माओवाद स्कूलले जन्म लियो ।

चीनको नयाँ जनवादी क्रान्तिको आलोक नेपालमा पर्न पुग्यो । चौथो महाधिवेशनबाट शुरु भएको यही माओ स्कूल पछि यी दुबै नेताको ‘इगो’ का कारण दुई कित्तामा बाँडियो । दाई र भाई छुट्टिए । एउटाले माओ विचारधाराको लर्को समाते । अर्कोले माओवाद ।

तीसको दशकमा नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी धार बिभिन्न प्रान्तीय कित्तामा बाँडिएको बेला चौथो महाधिवेशन शक्तिशाली कम्युनिष्ट केन्द्र बनेको थियो । नयाँ जनवादको नारा वरिपरि ठूलै संगठन बिस्तार थियो । पूर्वतिर पूर्वएमालेमा रहेका नेताहरुको वर्चश्व भएको बेला पश्चिम नेपालमा यी दुबई नेताले सर्लक्कै संगठन बिस्तार गरेका थिए ।

 

मोहन वैद्य र मोहनबिक्रम युवावयमा निकै जोशिला व्यक्ति, माओ र चाओको प्रतिरुपमा पाउँथे आफूलाई । माओ अर्थात् माओत्सेतुङ र चाओ भनेका चाउ एन लाई, चिनियाँ कम्युनिष्ट पार्टीका दुई शीर्ष व्यक्तित्व । एउटा असल पक्ष के थियो भने विश्वभरि नै संशोधनवाद हावी भइरहेको बेला यी दुबै नेताहरुकै प्रयासस्वरुप नेपालमा माओवाद स्कूलले जन्म लियो ।

 

तर, २०४२ सालमा आइपुग्दा यी नेता आपसमा मिल्न सकेनन् । हिजोका दोस्ती अब दुश्मन भइसकेका थिए । पार्टीमा मोहनबिक्रममाथि कार्वाही भयो । तर, अनौठो कुरा, कार्यदिशा भने मोहनबिक्रमकै पारित भयो ।

त्यो बेला निर्मल लामाहरु पनि बलियो अवस्थामा थिए पार्टीमा । काठमाडौं वरिपरि बलियो पकड राख्ने लामा, अनि पश्चिममा किल्ला नै गाडन सफल मोहन बैद्य र मोहन बिक्रम ।

प्रचण्डहरु बिस्तारै यी दुबैको झगडा, अन्तरविरोध नियालिरहेका थिए । हुँदा हुँदा पार्टी फुट्यो । त्यहाँ कुनै सैद्धान्तिक विमती थिएन भन्ने कुरा अहिले आएर यिनै नेताहरुले स्वीकार्छन् । तर, अन्तरविरोधलाई उनीहरुले सैद्धान्तिक कलेभरमा बेर्न सफल भए । त्यसो त माक्र्सवादीहरु हरेक घटनालाई सिद्धान्तको जलप लगाउने गर्छन ।

मोहनबिक्रमले त आफूभन्दा दोब्बर उमेर कान्छी महिलासँग बिहे गर्दा समेत त्यसका लागि लामै ‘थेसिस’ गरे ;जष्टिफाई’ गर्न ।

कुरा २०४२को थियो । चौथो महाधिवेशन र पाँचौ महाधिवेशन । एकातिर मोहन बैद्यले नेकपा (मशाल) को नेतृत्व गरे । उता मोहनबिक्रमले पनि किन छोड्थे र ?

उनले पातलो ‘स’ झुण्डाएर नेकपा मसाल बनाए । नेपालको कम्युनिष्ट आन्दोलनमा यो ‘स’ र ‘श’ले निकै चर्चा पायो पछिसम्म ।
कुन पार्टीको ?

कमरेड म पातलो ‘स’ को, ए, म चाहिँ मोटो ‘श को ।
तारानाथ शर्माले ‘श’ लाई ‘स’ लेख्न सुझाएपछि विवाद खेर गएको धेरै भएको थिएन । यता भने श र स को लडाई चल्यो दुबै मोहनबीच ।

२०४५ सालमा उनीहरुबीच अत्यन्तै तल्लोस्तरको आरोप प्रत्यारोप चल्यो ।
मोहन बैद्यहरुले पाँचौ महाधिवेशन जिन्दाबाद भनेर नारा लगाए ।

‘कहाँ हुन्छ त्यस्तो ?’ मोहनबिक्रम कुर्लिए । अनि उनले एन्टि पुस्तक लेखे–पाँचौ महाधिवेशन जिन्दावाद या इतिहासको अबमूल्यन भन्ने ।
यो चालिसको दशकको कुरा थियो ।

०४६ सालको आन्दोलन चर्कियो । वाममोर्चामा नअटाएका दुबै श, सहरुले बेग्लै संघर्ष समितिमार्फ आन्दोलनमा सहभागिता देखाए ।
र, यो बेला बाबुरामको उदय भयो । उनी पातलो स मा थिए ।
नेपालमा संसदीय व्यवस्थाको पुनर्उत्थान भयो ।

यता मोहन बैद्यहरुले संयुक्त जनमोर्चामार्फत उपयोगको नीति लिए । मोहनबिक्रमहरुले भने बहिस्कारको नीति । मोहनबिक्रमहरुको यो कदम सैद्धान्तिकरुपमा जति पुष्टि गर्न खोजिएपनि मोहन बैद्यहरुसँगको ‘इगो’ मात्र थियो ।

अन्यथा बस्तुगत परिस्थितिको लामै दुहाई दिने मोहन बिक्रमहरुले त्यतिबेला संविधानसभाको माग गर्नु भन्दा तत्कालका लागि शक्ति सञ्चय गर्न निर्वाचनमा भाग लिनुपर्ने बस्तुगत परिस्थिति नबुझेका थिएनन् होला ।

२०४८ सम्म आइपुग्दा बाबुरामले समेत मोहनबिक्रमको साथ छोडे । एकता केन्द्र बन्यो । यो एकता केन्द्र विगतको चौथो महाधिवेशन जस्तै शक्तिशाली केन्द्र थियो माओ स्कूलको ।

यही एकता केन्द्र पछि पचासको दशकको शुरुआतमा फुट्यो । लामा पक्षधरहरुले एकता केन्द्रको रुपमा तेश्रो माओ स्कूल समूहको गठन गरे । मोहन वैद्यसँग प्रचण्ड थिए नेतृत्वमा र जनयुद्द शुरु भयो । जनवादी क्रान्तिको कुरा गर्दै आएका मोहनबिक्रम । संसदीय व्यवस्थाको समेत बहिस्कार गरेर चर्को क्रान्तिकारी बनेका २०४८ सालमा ।

जनमोर्चा मार्फत निर्वाचन लड्दा वैद्यहरुलाई संशोधनवादको आरोप लगाएका मोहनबिक्रम । त्यही आरोप खेपेकाहरुले जनयुद्द नै शुरु गरेपछि इगो झनै बलशाली हुनु स्वभाविकै थियो । उनले लगत्तै विज्ञप्ती निकाले– यो युद्द मनोगत लहड हो, दुई चारदिन चल्न ।
यो राँको छिट्टै निभ्छ । उनको तर्क थियो ।

तर, राँको निभ्न दश वर्ष लाग्यो । र, यो राँकाले नेपाली समाजको आधारभूत परिवर्तन नगरेपनि राजतन्त्रको विदाई गर्यो ।
यी इतिहासका घटना थिए ।

 

कुनै सैद्धान्तिक विमती थिएन भन्ने कुरा अहिले आएर यिनै नेताहरुले स्वीकार्छन् । तर, अन्तरविरोधलाई उनीहरुले सैद्धान्तिक कलेभरमा बेर्न सफल भए । मोहनबिक्रमले त आफूभन्दा दोब्बर उमेर कान्छी महिलासँग बिहे गर्दा समेत त्यसका लागि लामै ‘थेसिस’ नै गरे ‘जष्टिफाई’ गर्न ।

 

यता खुला परिवेशमा आइसकेपछि मोहन वैद्यभित्रको ‘इगो’ अब बाबुराम र प्रचण्डसँग जोडिन थालेको थियो । युद्दकालको परिवेशमा इगो हुर्किन सक्ने परिस्थिति थिएन । फलस्वरुप मोहन वैद्यहरु अलग भए प्रचण्डसँग ।

के कारणले अलग भए के कारणले उनीहरु जोडिएका थिए भन्ने कुरा अहिलेसम्म पुष्टि हुन सकेको छैन् । क्रान्ति नै अवसरवादमा स्खलन भएको निष्कर्श हुन्थ्यो भने सेना समायोजनको बेला नै वैद्यहरुले विद्रोह गर्नुपथ्र्यो । नयाँ जनवादी क्रान्तिलाई यसरी शान्ति सम्झौतामा पतन गर्नुहुन्न भन्ने वैचारिकलाइन भएको भए उनले त्यतिखेर नै दुई लाइनको संघर्ष चलाउनुपथ्र्यो ।

तर, सांसद भन्दासम्म मोहन वैद्यलाई यो चिन्ताले सताएन । बरु पछि गएर मात्रै उनले क्रान्ति रछ्यानमा पुगिसकेको चाल पाए ।
विचारक, दार्शनिक, कम्युनिष्ट अध्येताले त बेलैमा चाल पाउनुपर्ने थियो साँचो अर्थमा यो इगो नभएको भए ?
तर, यो इगोकै कारण मोहन वैद्यहरु अलग भए । र पार्टी नै बेग्लै बनाए ।

उता मोहन बिक्रमहरुको सदाबहार पानी नदीमा सुक्दै जाने क्रमसँगै बगेकै थियो । र, एउटा कालखण्डमा अचम्म लाग्दो गरी मोहन वैद्य र मोहनबिक्रमहरुको एउटै स्वर सुनियो ।

यो नयाँ इगो थियो । नयाँ ‘इगो’ प्रचण्डसँग । एमालेसँग एकताको प्रक्रियासँग । र, उनीहरुले फरक भाषामा समवेत घोषणा गरे– अब हामी एक हुनुपर्छ । र, मोहन वैद्यले सार्वजनिकरुपमा नै भने– २०४५ सालतिर मेरो भूमिका गलत थियो । अर्थात् मोहन बिक्रमहरुसँगको झगडा गलत थियो ।

 

प्रचण्डहरुको ‘मुभ’ सैद्दान्तिकरुपमा ठीक बेठीक जे भएपनि अहिले आएर मोहनबिक्रम र वैद्यहरु एक ठाउँ आउनुका पछाडि कतै न कतै प्रचण्डसँगकै तुष थियो भन्ने कुरा उनीहरुले नै पुष्टि गरे । उनीहरुको उपस्थिति निर्णायक अवस्थामा रहन्थ्यो भने नेपालको कम्युनिष्ट आन्दोलनले यसरी धक्का खाने थिएन ।

 

यता प्रचण्डहरुको ‘मुभ’ सैद्दान्तिकरुपमा ठीक बेठीक जे भएपनि अहिले आएर मोहनबिक्रम र वैद्यहरु एक ठाउँ आउनुका पछाडि कतै न कतै प्रचण्डसँगकै तुष थियो भन्ने कुरा उनीहरुले नै पुष्टि गरे । नेपालको कम्युनिष्ट आन्दोलनमा निकै आदर गरिने र आवश्यक पात्र हुन दुबै जना । उनीहरुको उपस्थिति निर्णायक अवस्थामा रहन्थ्यो भने नेपालको कम्युनिष्ट आन्दोलनले यसरी धक्का खाने थिएन ।

तर, ‘इगो’ हावी हुँदा त्यसले तर्क र तथ्यलाई निल्छ । त्यसले मनोगत निष्कर्श निकाल्छ । यही वैद्यका अगाडि लागु भयो ।
र, मोहनबिक्रमले यही पुष्टि गरे ।

आज दुबै नेता केही थान कार्यकर्ता बोकेर अझै नयाँ जनवादी क्रान्तिको कुरा गरिरहेका छन् । नयाँ जनवादी क्रान्ति सुन्दर शब्द हो क्रान्तिकारी कम्युनिष्टहरुका लागि । तर, यसले बस्तुगत र आत्मगत परिस्थितिको शर्त समेत आफैसँग बोेकोे हुन्छ ।

यो मोहन बिक्रमले नै बढी बोल्ने शब्द हो । र, यो शब्द अहिले उनले आफैले बिर्सेका छन् । अहिलेको आवश्यकता झुण्डमा रमाउनु कदापी होइन । बरु जस्तो अवस्थामा भएपनि एकीकृत भएर नेपाली समाजलाई रुपान्तरण गर्नु हो ।

बिडम्बना भनौं, इगो या मनोगत रोग नै पालेर मोहनबिक्रम अहिले पनि अर्ध भूमिगत छन् । मानौं उनले एउटा रेकर्ड बनाउनु छ– “जीवनभर भूमिगत” हुने नेताको । अन्यथा, मोहनबिक्रमले भूमिगत हुनुपर्ने कुनै कारण छैन ।

यता मोहन वैद्य र प्रचण्डहरुबीचको एकता अन्तिम चरणमा पुगेको थियो । दुबैबीच एकताका लागि हस्ताक्षर गर्नुमात्रै बाँकी थियो ।
तर यही बीचमा प्रचण्डले बादललाई बोलाएर भेटेपछि वैद्यको मनमा थप इगो पलायो । उनले घोषणा गरे– म एकतामा आउँदिन ।

उनीसँगका दुई तिहाईलाई १२ बुँदे सहमतिमा आपत्ती नहुने, उनी एकजनालाई मात्रै आपत्ती हुनुपर्ने कुरा त्यहाँ केही थिएन ।
तर त्यहाँ इगो थियो ।

सबै कुरा भएर, सबै सम्भावना बोकेर सबैका प्रिय हुँदा समेत यो इगोका कारण युवावयदेखि बृद्ध हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजान असफल भएका नेताको रुपमा यी दुबैको नाम लेखिने समय टाढा छैन ।

कम्युनिष्ट आन्दोलन संख्याले ठूलो भएपनि विचारधारात्मक हिसाबले रक्षात्मक अवस्थामा छ । यो अवस्थामा यी दुबैको भूमिका झनै महत्वपूर्ण हुन्थ्यो ।

 

बिडम्बना भनौं, इगो या मनोगत रोग नै पालेर मोहनबिक्रम अहिले पनि अर्ध भूमिगत छन् । मानौं उनले एउटा रेकर्ड बनाउनु छ– “जीवनभर भूमिगत” हुने नेताको । अन्यथा, मोहनबिक्रमले भूमिगत हुनुपर्ने कुनै कारण छैन ।

 

अझै त्यो सम्भव छ ? कम्तिमा अहिले बनेको नेकपाको आगामी कार्यदिशा निर्माण हुन बाँकी छ । ठूलो तप्काले क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहेका छन् । वैद्य र बिक्रमहरु पनि यसमा सहभागी भएर घनिभूत बहसमा लाग्थे भने ?

यस्तो भइदियो भने ? तथ्य र तर्कले नेपालको समाजको विश्लेषण गरेर नेपालमा एउटा मात्रै क्रान्तिकारी कम्युनिष्ट निर्माण गर्न सकिन्थ्यो भने ।

यो अन्तिम अवसर पनि हो नेपालका कम्युनिष्टहरुका लागि क्रान्तिकारिपना जोगाउने । आशा राखौं,  उमेरको यो वयमा उनीहरुको बुद्धि फिरोस् र आफू कम्युनिष्ट पार्टीको वैचारिक नेतृत्व दिने भूमिकामा देखा परुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!