न्यायालयलाई पार्टीको शाखा कार्यालय बन्न दिन्नौं : सांसद अधिकारी

काठमाडौं, असोज ७ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढलाई सचेत गराएको छ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीमाथि महाअभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले गोप्य रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले महाअभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अस्त्रको रुपमा लिन नहुने स्पष्ट पारे।

आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराराए । वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले कांग्रेस गरेको गल्ती नदो¥याउन सत्तारुढलाई आग्रह गरे ।

उनले वरिष्ठ न्यायाधीश जोशीलाई राजीनामा नदिए महाअभियोग लगाउँछौं भन्ने खालको धम्की दिइएको भन्दै आफूहरुलाई यस्ता धम्की सैह्य नहुने चेतावनी पनि दिए। बस्तुगत आधारविना नै सत्तारुढ नेकपाले महाअभियोग लगाउन खोज्नु नै गलत भएको सांसद अधिकारीको दावी छ। उनले न्यायालयलाई कनुै अमुक पार्टीको शाखा कार्यालय बनाउन नदिने दृढता पनि व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!