मिलको फित्तामा कपाल बेरिन पुग्दा एक महिला गम्भीर घाइते

विराटनगर, असोज ७ । शनिबार मिलको फितामा एक महिलाको कपाल बेरिन पुग्दा गम्भीर घाइते भएकी छिन् ।

ट्याम्के–मयुम गाउँपालिका–४ स्थित मिलको फित्तामा बेरिएर स्थानीय ३६ वर्षिया प्रितन्जली राई घाइते भएकी हुन् । आफ्नै घरमा रहेको मिलमा धान कुटाउने क्रममा राईको कपाल मिलको फित्तामा बेरिएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ।

गम्भीर घाइते भएकी राईलाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!