राष्ट्रपति भण्डारीद्वारा राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक सय वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगेर जन्मदिनको शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएका छन् । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मेका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!