प्रधानमन्त्री ओली यूएइमा, विमानस्थलमा भव्य स्वागत

अबुधाबी, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइ पुगेका छन् ।

 

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि छन् । अबुधाबी विमानस्थलमा उनलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गरे ।

असोज ९ गते मंगलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुनेछ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

 

प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!