गोरु भनेर लखेट्न जाँदा भालुको आक्रमण, एक गम्भीर घाइते

बुटवल, असोज ७ । शनिबार अर्घाखाँचीको सितगङ्गा नगरपालिका १० सिद्धरा काठेखोलाका मानबहादुर नेपाली भालुको आक्रमणबाट गम्भीर घाईते भएका छन ।

 

कोदोबारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु जस्तै ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट लागेको छ । वडाध्यक्ष हिम्मत पोख्रेलको अगुवाईमा घाइते नेपालीलार्इ स्थानीयले उपचारका लागि बुटवल पठाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!