खोलामा डुबेर एक व्यक्तिको मृत्यु

भद्रपुर, असोज ६ । खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु उराऊको मृत्यु भएको छ ।

घरदेखि आठ सय मिटरको दूरीमा रहेको काली खोलामा शनिबार बिहान उनको शव फेला परेको हो । दैनिकजसो मादक पदार्थ सेवन गरेर हिँड्ने उराऊको मापसेकै कारण खोलामा डुबेर मृत्यु भएको अनुमान प्रहरीको छ ।

उनको शनिबार मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!