घोराही-१४ कपासी १२ जना जुवाडे पक्राउ

घोराही, असोज ६ । जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई शनिबार घोराही १४ कपासीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र रु दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!