प्रदेश नं ३ समन्वय परिषदद्वारा सामाजिक अभियान्ता अधिकारी सम्मानित

सन्तोष क्षत्री

दोहा,असोज६।प्रदेश नं.३ समन्वय परिषद कतारले मानव सेवा आश्रम नेपालका अध्यक्ष एवं सामाजिक अभियान्ता रामजी अधिकारीलाई सम्मान गरेको छ।

गोरखा सेवा समाज कतारले आयोजना गरेको आमा सेमिनार कार्यक्रममा प्रशिक्षण दिन कतार आइपुगेका अधिकारीलाई आश्रम स्थापना गरि अनुकरणीय सामाजिक याेगदान पुर्‍याएर युवा बर्गको प्रेरणादायी ब्यक्तित्व बन्न सफल बनेको भन्दै परिषदले शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।

प्रदेश नं.३ समन्वय परिषद कतारका अध्यक्ष समीर खत्री, निबर्तमान तदर्थ समितिका संयोजक नन्दन ढुंगाना, अग्रज समाजसेवी एवं ब्यवसायी सागर नेपालले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानीत गरेका हुन।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

साथै प्रदेश नं.३ समन्वय परिषद कतारले प्रदेश नं.३ अन्तर्गत रहेका मुख्य कार्यलय मकवानपुर तथा चितवन ,ललितपुर र काठमाडौको आश्रममा १-१ छाक खाना खुबाउने निर्णय गरेको परिषद अध्यक्ष समीर खत्रीले बताए।

मकवानपुरको हेटौंडामा मुख्य कार्यलय रहेको मानव सेवा आश्रमका देश भरमा रहेका११ वटा शाखामा करिब ५ सय भन्दा बढीले आश्रय लिइरहेको छन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!