साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर स्वदेश फिर्ता

साउदी,असोज ६।रोजगारीका लागि साउदीअरब पुगि विगत दुईवर्षदेखि साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगर सनिवार स्वदेश फिर्ता भएका छन्।

साउदी को रियाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत घर्तीले चलाएको सबारि दुर्घटना हुदा साउदीका एक स्थानीय नागरिक घाइते भइ उपचार को क्रममा मृत्यु भएपछी अदालतले घर्ती लाई ६७ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएको थियो।

अदालतको फैसला पछी ब्लडमनि बुझाउन नसक्दा लामो समय सम्म जेल जीवन बिताउन बाध्य भएका घर्तीलाई स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुले दिल बहादुर घर्ती बचाउ अभियान संचालन गरि गत भदौ २३ गते तोकिएको रकम बुझाएपछी घर्ती नेपाली दूतावास साउदिको रोहवरमा जेल मुक्त भएका थिए।

जेल बाट मुक्त भएका घर्ती लाई आवश्यक कानुनी र कागजी प्रक्रिया पूरा गर्न साउदी स्थित ट्राफिक प्रहरी कार्यलयमा लगिएको थियो।
ट्राफिक प्रहरी कार्यलय बाट कानुन प्रक्रिया पूरा भएपछि घर्ती सनिवार स्वदेश फिर्ता भएका हुन ।उनलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिल बहादुर उद्दार मूल समितिका संयोजक दिपेश पुन सहितको टोलि पुगेको थियो।

दिलबहादुर बचाउ अभियानका संयोजक पुनले घर्तीलाई नेपाल फर्काउन सफल भएकोमा खुशी व्यक्त गर्दै अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन्। उनले दिल बहादुर घर्तिको उद्दारका लागि उठेको बाँकी बचत रकम के गर्ने भन्ने बारे अभियानमा आबद्द विभिन्न संघ संस्था र व्यक्तिहरुसँग समन्वय गरि छिट्टै निर्णय सार्बजनिक गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!