भारतमा दुई छुट्टा-छुट्टै सडक दुर्घटनामा १७ जनाको मृत्यु

नयाँ दिल्ली, असोज ६ । भारतका पहाडी राज्य हिमाचल प्रदेश र जम्मु-कास्मिरमा भएका दुई छुट्टा-छुट्टै सडक दुर्घटना हरूमा १७ जनाको ज्यान गएको छ ।

शनिबार विहान हिमाचल राज्यको शिमला जिल्लामा एउटा यात्रुवाहक जीप दुर्घटनाग्रस्त हुँदा १३ जनाको ज्यान गएको बताइएको छ ।

भारतीय मिडियाहरूले प्रकाशित गरेको समाचार अनुसार हिमाचल प्रदेशको कुण्डुबाट छिमेकी राज्य उत्तराखण्डको सिमावर्ती बस्ती तिउणी जाँदै गरेको उक्त जीपमा रहेका सबै १३ जनाको ज्यान गएको बताइएको छ ।

उक्त घट्नामा १० जनाको मृत्यु घटनास्थलमै र गम्भीर रूपमा घाइते भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

त्यस्तै जम्मु-कस्मिर राज्यको डोडा जिल्लामा पनि एउटा यात्रुवाहक वहन सडकभन्दा ३०० फीट तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!