‘देश समृद्धि नभए कानूनका ठेलिले अधिकार पाउने ग्यारेन्टी हुन्न’

काठमाडौं, असोज ६ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले देश समृद्धि नभए कानूनका ठेलिले मात्र अधिकार पाउने ग्यारेन्टी नहुने बताएका छन् ।

समाज कल्याण परिषद को ३९ औं सामाजिक सेवा दिवसकाे उद्घाटन गर्दै अध्यक्ष लिमिल्सेनाले नेपालको संविधान र माताहतमा बनेका कानूनले अब अधिकारका लागि थप लड्न नपर्ने बताए ।

उनले संविधानमा भएका व्यवस्था र संविधान कार्यान्वयन गर्न बनेका नयाँ कानून नागरिकको हकका सम्बन्धमा संसारकै उत्कृष्ट भएको दावी गरे । उनले भने, ‘हामी अधिकार सम्पन्न भयौं तर, कानूनका ठेली र कागजमा मात्र अधिकार भएर हुँदैन । जे–जे अधिकार छ त्यो कुरा व्यवहार मा लागू नभए कागजका कुराले अर्थ राख्दैन ।’

अध्यक्ष तिमिल्सेनाले आजको आवश्यकता लिपिवद्द अधिकारको कार्यान्वयन हो। सबै लिपिवद्द अधिकार कार्यान्वयन गर्न राष्ट्र समृद्द हुनु जरूरी भएको बताए । उनले विकसित नेपालको निर्माणमा सबै लाग्न आग्रह गरे ।

समाज कल्याण परिषद नेपालमा काम गर्ने हजारौं राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुगमन गर्ने निकायले आफैंमा विवादमा पर्नु राम्रो नभएको बताए । उनले भने, ‘परिषद सक्षम र इमान्दार हुनु पर्छ । संस्थाको नाम नै समाज कल्याण भएकोले मन वचन र कर्मले काम गरेर उदाहरणीय बन्नु पर्छ ।’

महिला तथा बालबालिका मन्त्री थममाया थापाले परिषद को ३९ औं सामाजिक सेवा दिवसका अवसरमा अध्यक्ष लिमिल्सेनालार्इ मायाकाे  चिनाे प्रदान गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!