गजलः विचित्रको रहेछ भोले तिम्रो लिला

विद्या भण्डारी डिएक्सएन

विचित्रको रहेछ, भोले तिम्रो लिला
गज्जबको रहेछ, मान्छेको विचार
सही सत्यको कसैलाई जरुरत नै छैन, यहाँ आफ्नै स्वार्थमा,
क्षणिकको रमाइलोमा, भुल्ने मान्छेहरु शीत ।

सत्य कुरा बोल्दा सम्बन्ध टुट्छ भन्ने मलाई थाहै भएन, पत्तै भएन,
म एकोहोर बनेर आफ्नै सही मार्गमा हिडिरहे,
मलाई उस्ले छोडेको ख्यालै भएन,
मसित नाता तोडेको ख्यालै भएन ।

सबैले छोडेपनि तिमी मलाई नछोड है,
अरुले चिनेनन् मलाई, तिमी दिल नतोड है, भोले…
साँच्चै भनुपर्दा जाने ठाउँ तिम्रो द्वारबाहेक कहीँ छैन ।

मेरो मान्छेहरुमा मानवता नै पाईन मैले खोजी नगरेको हैन भगवान,
सङ्गत नगरेको हैन ! तर पशुमा होला दया माया करुणा,
यो नास्तिक बिचाररुपी मानवमा कहीँ भेटिन मैले,
रुप र धन को घमण्ड ले ,भरिएको मानव विचार ओहो…।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!