यी बलिउड स्टार हुन् जो सरोगेसी मार्फत मातापिता बने !

असोज ६ । बलिउड अभिनेत्री लीजा रे जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । ४६ वर्षकी रे ले सरोगेसी मार्फत आमाको शुख प्राप्त गरेकी हुन् । आमा बनेको झण्डै तीन महिनापछि उनले यो जानकारी इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् ।

 

जोन अब्राहमसँग चलचित्र वाटर मा काम गरेकी रे लाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो । उनले सन् २०१० मा आफू क्यान्सर मुक्त भएको बताइन् तर उनी पूर्ण रुपले स्वस्थ भने भएकी थिइनन् ।

 

उनले सन् २०१३ मा व्यवसायी जेसन देहनीसँग विवाह गरिन् । लीजा र जेसन यो वर्षको जुनमा सरोगेसी मार्फत मातापिता बनेका हुन् ।

याे पनि पढ्नुस  पासवर्डका लागि सनि लियोनी नेपाल आउँदै

 

लीजा रे मात्र त्यो बलिउड स्टार होइनन् जो सरोगेसी वा आइभिएफ मार्फत मातापिता बनेका छन् । यसरी सन्तान सुख प्राप्त गर्ने बलिउड स्टारको सूचिमा अरु पनि छन् ।

१- शाहरुख खान


बलिउडमा सरोगेसी मार्फत मातापिता बन्ने पहिलो स्टार हुन् शाहरुख खान र गौरी खान । शाहरुख र गौरीले आफ्नो तेस्रो सन्तान सरोगेसी मार्फत जन्माएका हुन् । उनीहरुले छोराको नाम अबराम राखेका छन् ।

२- आमिर खान


आमिर खानले आफ्नी दोस्रो श्रीमती किरण रावसँग मिलेर सरोगेसी मार्फत छोरा जन्माएका छन् । उनीहरुले छोराको नाम आजाद राखेका छन् ।

याे पनि पढ्नुस  पासवर्डका लागि सनि लियोनी नेपाल आउँदै

३- सोहेल खान


सोहेल र सीमा खानका दुई छोरा छन् । उनीहरुका कान्छा छोरा सरोगेसी मार्फत जन्मिएका हुन् । पहिलो सन्तान भएको १० वर्षपछि उनीहरुले सरोगेसी मार्फत दोस्रो सन्तान जन्माएका हुन् ।

४- तुषार कपूर


अभिनेता तुषार कपूरले विवाह त गरेका छैनन् तर उनी एक सन्तानका पिता हुन् । उनी सरोगेसी मार्फत छोराको बुवा बनेका हुन् । उनी बलिउडका पहिलो एकल पिता हुन् । उनको निर्णयको धेरैले स्वागत गरेका थिए ।

५- करण जोहर


करण जोहर पनि सरोगेसी मार्फत दुई सन्तानको पिता बनेका छन् । उनीले गएको वर्षको मार्चमा आफू छोरा र छोरीको पिता बनेको जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  पासवर्डका लागि सनि लियोनी नेपाल आउँदै

६-कृष्णा र कश्मीरा शाह


कमेडियन कृष्णा र कश्मीरा शाह पनि सरोगेसी मार्फत जुम्ल्याहा सन्तानका मातापिता बनेका हुन् ।

७- सनी लियोनी र ड्यानिएल वेबर


बलिउड अभिनेत्री सनी लियोनी र उनका श्रीमान ड्यानिएल वेबरले गएको वर्ष निशा नाम गरेकी बालिकालाई एडप्ट्ड गरेका थिए । यस्तै उनीहरु यो वर्ष सरोगेसी मार्फत दुई छोराका मातापिता बनेका छन् । -देश सञ्चारबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!