मलेसियामा मदिराको सेवन नगर्न स्वास्थ सेवा बिभागको अपिल ,विभिन्न ठाँउमा अनुगमन तीब्र

मलेशिया,असोज ५ ।मलेशियाको स्वास्थ्य सेवा बिभागले विभिन्न कम्पनीका मदिरामा अखाद्य पदार्थ तथा मेथनोल पाइएकाले तत्काल कुनैपनी कम्पनीको मदिराको सेवन नगर्न अपिल गरेको छ।

गत सोमबार देखि मलेशियामा बिषक्त मदिराको सेवन बाट स्थानीय नागरिक सहित दर्जनौं आप्रवासी कामदारको ज्यान गएपछि बिभागले मदिराको सेवन नगर्न अपिल गरेको हो।

यस्तै खाद्य गुण तथा सुरक्षा बिभाग र प्रहरीको टोलिले मलेशियाका विभिन्न शहरमा बिहीबार र शुक्रबार अनुगमन गरेको छ।अनुगमनका क्रममा विभिन्न स्टोरबाट छुट्टाछुट्टै कम्पनीका ६ सय ४७ वटा मदिराका बोतलमा अखाद्य पदार्थ पाइएपछी ती स्टोरहरुलाइ बन्द गरि कारबाही प्रक्रिया अगाडि बढाएको स्थानीय संचारमाध्यमले जनाएका छन।

याे पनि पढ्नुस  मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम मलेसिया प्रस्थान

बिहीबार बिहान सम्म छुट्टाछुट्टै १४ वटा नयाँ घटनाका गुनासो आएसङ्गै स्वास्थ सेवा बिभाग र खाद्य गुण तथा सुरक्षा बिभागको टोलिले सयुक्त रूपमा अनुगमन सुरु गरेको हो ।अनुगमन कै क्रममा मदिरा बेचबिखन गर्न स्टोर हरुले खाद्य नियमको पालना नगरी अखाद्य मदिराको बिक्रीवितरण गरेको समेत भेटिएको छ।
मलेशियामा सोमबार देखि बिषक्त मदिराको सेवन बाट सेलेङ्गरमा १६ क्वालालम्पुरमा ३ र पेराकमा २ गरि २१ जनाको मृत्यु भैसकेको पुस्टि भएको छ।

href=”http://www.everestdainik.com/wp-content/uploads/2018/09/20180921_181947.jpg”>

मलेशियाको खाद्य नियम १९८३को धारा १३९ अनुसार कुनैपनि कम्पनी वा स्टोरले जनताको स्वास्थ्यमा हानी पुर्याउने खाद्य पदार्थको उत्पादन तथा बिक्री बितरण गरेमा १ लाख रिंगेट जरिवाना सहित १० बर्ष कैद हुने ब्यबस्था गरेको छ।

याे पनि पढ्नुस  मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम मलेसिया प्रस्थान

कमेन्ट गर्नुहोस्

error: Content is protected !!