आलम हत्या बारे तत्काल छानबिन गर्न राज्य मन्त्री चौधरी द्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौ,असोज ५।सुनसरी हरिनगरा -२ भुटाहामा भारतीय नम्बर प्लेटका २वटा मोटोरबाइकमा आएका हत्यार धारी समुहले मौलाना खुर्सिद आलमलाइ गोलि हानी हत्या गरि फरार भए पछी सुनसरीमा तनाव उत्पन भएको छ।

कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्री राम कुमारी चौधरीले शुक्रबार गृह मन्त्री राम बहादुर थापा “बादल “लाई गृह मन्त्रालयमा भेटी खुर्सिद आलम हत्याकाण्डको छानबिन समिति गठन गरि छिटो भन्दा छिटो हत्यारालाइ कार्वाही गर्नु पर्ने माग राखेकी छिन।

सुनसरी जिल्ला मन्त्री चौधरीको गृह जिल्ला समेत हो। आलमको हत्या पछि सुनसरी हरीनगरामा मुस्लिम समुदाय आन्दोलित छन। बुधबार आलमलाइ गोलि हानी दक्षिण सिमाना तिर भाग्दै गर्दा घुस्किमा प्रहरीले छेक्न खोज्दा एक प्रहरी हल्दार समेत घाइते भएका थिए।
भेटमा गृहमन्त्री थापाले घटना बारे गृहमत्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउदै हत्या बारे अनुसन्धान सुरु भैसकेको र हत्यारा चाडै पत्ता लाग्ने बिश्वास व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!