राज्य मन्त्री चौधरी द्वारा ललितपुरका मासु पसलको अनुगमन,५ वटा पसल माथि प्रतिबन्ध

ललितपुर,असोज ५।कृषि राज्य मन्त्री रामकुमारी चौधरीको नेतृत्वमा शुक्रबार राजधानीका विभिन्न मासु पसलको अनुगमन भएको छ।

ललितपुरको लगनखेलमा रहेको छुट्टाछुट्टै ५ ओटा मासु पसलमा कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्रीको टोलीले अनुगमन गरेका हुन। पशू बिभाग र खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशकहरु निर्मल कुमार बिमल , संजिप कुमार कर्ण ,प्राबिधिक टोली ,मन्त्रालयका कर्मचारी,प्रहरी ,प्रशासन र पत्रकारहरु सहित अनुगमनमा पुगेको टोलीले मापदण्ड बिपरित संचालन गरिएका ५ वटा मासु पसलमाथि प्रतिबन्ध समेत लगाएको छ।

अनुगमनका क्रममा कुहिएको मासु प्लास्टिकको बोरामा फ्रिजिङ्ग गरेको,रागा भैंसी राख्ने ठाउँ र बदशाला एकै ठाउँमा रहेको,हिलोमा मासु काटदै गरेको,पसल दर्ता नभएको र कुनै पनि मापदण्ड पूरा नगरी संचालनमा रहेको भेटिएको छ । प्रहरी,प्रशासन र स्थानीय जनप्रतिनिधिको उपस्तिथिमा कुहिएको मासु नस्ट गर्ने बताएको छ।

अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको पाइएकाले प्रतिबन्ध लगाउनु परेको पशु बिभागका महानिर्देशक निर्मल कुमार बिमलले जानकारी दिएका छन्। कुहिएको मासु सरसफाइ नगरी अनियन्त्रित ढंगबाट उपभोक्ताहरुलाई बेच बिखन गरेको पाइयो र यस्ले मानव स्वास्थमा नोक्सानी गर्ने गुण नियन्त्रण बिभागका महानिर्देशक संजिव कर्णले बताए।

यस अघि राज्य मन्त्री चौधरीको नेतृत्वमा अनुगमन समितिको बैठक बसि १० बुदे निर्देशन जारी गर्दै देश व्यापी रुपमा अनुगमन अभियानको रुपमा संचालन गर्ने घोषणा गरेको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!